main_logo
नेपाल सरकार
युवा तथा खेलकुद मन्त्रालय
राष्ट्रिय युवा परिषद्
सानोठिमी, भक्तपुर
side_logo

Message from the Vice Chairperson

...

उपाध्यक्षको भनाई

युवाको हक हित, संरक्षण र सम्बर्द्धन गरी समुन्नत राष्ट्र निर्माणका लागि सक्षम नागरिक तयार गर्न तथा युवालाई सशक्तीकरण गरी युवा सम्बन्धी नीति निर्माणदेखि कार्यान्वयन तहसम्म संलग्न गराई राष्ट्रिय विकासको मूलप्रवाहमा समावेश गराउने उदेश्यले राष्ट्रिय युवा परिषद्को वि.स.२०७२ साल फागुन १९ गते राष्ट्रिय युवा परिषद् ऐन,२०७२ को अधिनमा रहि स्थापना भएको हो।

परिषद्ले राष्ट्रिय युवा नीति, २०७२ ले व्याख्या गरे बमोजिम १६ देखि ४० बर्ष उमेर समुहका नेपाली युवालाई राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तनको संवाहकका रुपमा विकास गर्न  युवा केन्द्रित नीति तथा कार्यक्रम निर्माण र कार्यान्यवन गर्नुका साथै नेपाल सरकारका विभिन्न निकायलाई आवश्यक नीति तथा कार्यक्रमहरुको नमुना विकास गरि हस्तान्तरण गर्दै आएको छ

युवा परिषद् सम्पूर्ण नेपाली युवाको अबिभावक संस्था हो । यसले राष्ट्रले निर्माण गरेको कानुन/नियम र अन्तर्राष्ट्रिय रुपमा नेपाल पक्ष राष्ट्र भई हस्ताक्षर गरेका नियम/कानुनहरुको पालना गर्दै नेपाली युवाको सर्वाङ्गिण विकासका लागि दृढतापूर्वक अघि वढिरहेको छ। मुलुकको कुल जनसंख्याको ४० प्रतिशत हिस्सा ओगट्ने युवाहरुको विकास र सशक्तीकरणका लागि एकातिर नयाँ आवश्यकता अनुसार युवा नीति अद्यावधिक गर्नु जरुरी छ भने अर्कोतर्फ परिषद्लाई उद्देश्य केन्द्रित र परिणाामुखी बनाउन राज्यका तर्फबाट यथोचित ध्यान दिनु जरुरी छ।

परिषद् समृद्ध राष्ट्र निर्माणका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा भन्ने मान्यतामा कृतसंकल्पित छ। समावेशी, स्वरोजगार र आत्मनिर्भर युवा राष्ट्रनिर्माणको मेरुदण्ड हो । आज हामीले शिक्षालाई श्रमसँग, श्रमलाई सिपसँग, सिपलाई उत्पादन, रोजगारी र उद्यमशीलतासँग जोड्दै युवा शक्तिलाई विकास र समृद्धिको अभिन्न अंग बनाएर संविधानले परिकल्पना गरेको समाजवादउन्मुख राज्यप्रणाली निर्माणको गन्तव्य पहिल्याउनु जरुरी छ। परिषद्को लक्ष्य र दुरदृष्टीको सार्थक कार्यान्वयनका लागि परिषद् युवाको क्षेत्रमा कार्यरत सरोकारवाला र लक्षित वर्गको अटुट साथ र सहयोगको अपेक्षा राख्नछ।

 
"Surendra Basnet"