माननीय युवा तथा खेलकुद मन्त्रीज्यूको भनाइ

नेपालमा पहिलो पटक युवा विकासको क्षेत्रमा सघन काम गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषदको गठन भएको छ । यस परिषदको संगठनात्मक स्वरुप अनुसार कार्यालय तथा जनशक्ति व्यवस्थापन समेत गरी कार्यारम्भ भएकोमा खुशी लागेको छ । युवा भनेका देश विकासका आधार स्तम्भहरु हुन् जसको क्षमता र क्रियाशिलतामा देशको विकास निर्भर गर्दछ । अतः युवाहरुमा सकारात्मक सोंचको विकास गर्नुको साथै उनीहरुमा कार्यक्षमता, उद्यमशीलता प्रवद्र्धन गरी व्यापक सहभागिताका साथ रोजगारी र व्यवसायिकीकरण हुनु नितान्त जरुरी छ । 

 

 नेपालमा पहिलो पटक निर्माण भएको यस परिषदले  राष्ट्रिय युवा परिषद ऐन २०७२, राष्ट्रिय युवा नीति २०७२ तथा युथ भिजन २०२५ को मर्म र भावना अनुसार वृहत संख्यामा रहेको युवा जनशक्तिलाई समयानुकुल सशक्तीकरण गर्दै सोको प्रभावकारी कार्यान्वयन गर्न नवगठित राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष लगायत समग्र टिम सफल हुने विश्वास व्यक्त गर्दै युवा परिषदलाई नेपालका सबै युवाहरुको आस्थाको केन्द्रको रुपमा विकास गर्न समाजका सबै पक्षको सहयोग प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।